| Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact |
||||||
|
||||||
|
||||||
| MY VIEW | ||||||
08-SEP-2009
कृष्ण ढकाल, यूएइ आदरणीय ६०१ जना सभासद ज्यू, मलाई अरू केही चिन्ता छैन । देश गणतन्त्रमय पनि भयो । धर्म निरपेक्ष पनि भयो । अब देश क्रमशः समृद्ध, उन्नत र विकसित पनि बन्न गइरहेको छ । अब हामी सवै एकजुट हुनु जरुरी छ । सवै मिलेर आर्थिक क्रान्ति नगरेसम्म देश समृद्ध हुन सक्दैन । अब समृद्ध र उन्नत नेपाल बनाउन हामी सवै नेपाली दलीय, जातीय र क्षेत्रीय चिन्तनबाट माथि उठी आर्थिक क्रान्ति सफल बनाउनु पर्छ । राजनैतिक चिन्तनले मात्र देश समृद्ध हुन सक्दैन । अब हामी सवै नेपाली एकै बनेर र एकै जमीनमा बसेर प्रतिस्पर्धात्मक भावनाले योग्य नागरिकलाई छनौट गरी राज्यको हरेक तह,तप्कामापठाएमामात्रसमृद्धनेपालकोकल्पनागर्नसकिन्छ। |
||||||
| "त्यो समयमा हाम्रा पूर्वजहरूले बाईसे चौबीसे राज्यहरूलाई एकिकरण नगरेको भए आज हामी दक्षिणतिर गइसक्ने अवस्था थियो कि उत्तरतिर । " | ||||||
२००७ सालदेखि नेपालमा प्रजातन्त्रको लागि आन्दोलन शुरू भयो । अहिलेसम्म विभिन्न उतार चढावबाट देश गुज्रिरहेको छ । २०६२/६३ को १९ दिने आन्दोलनपश्चात् मुलुकमा लोकतान्त्रिक गणतन्त्र आउन सफल भयो । नागरिक स्वतन्त्रता र सर्वोच्चताको विकास भयो जुन अत्यन्त खुशीको कुरा हो । यी सवैमा हामी शुखी छौं । तर, एउटै चिजले हामीलाई दिनहुँ सताइरहेको छ त्यो हो संघीयता । नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुक हो । हामी कहिल्यै कसैको उपनिवेश भएनौं । न हामी कहिल्यै कसैको दास भयौं । आन्तरिक कलहको कारणले मात्र अविकसित र गरीब मुलकुको रूपमा चिनिनु परेको छ । हाम्रो इतिहासले हामीलाई एउटा महान् नाम दिएको छ त्यो हो वीर नेपाली । हामी वीर नेपाली कसैको सामु झुकेनौं र देशलाई कसैको गुलाम बन्न पनि दिएनौं । आजभन्दा २५० वर्ष अगाडि नेपाल बाईसे, चौबीसे राज्य परिपाटीबाट गुज्रिरहेको थियो । त्यो समयमा हाम्रा पूर्वजहरूले बाईसे चौबीसे राज्यहरूलाई एकिकरण नगरेको भए आज हामी दक्षिणतिर गइसक्ने अवस्था थियो कि उत्तरतिर । जे जसरी भएपनि एकिकरण गरेर वृहत् नेपाल बनाउन सफल भएका पूर्वजहरूलाई सम्मान गर्दै मुरी-मुरी धन्यवाद दिनुपर्दछ । उनीहरूको उच्च मुल्याङ्कन गरी सम्मान गर्नु पर्दछ । खराव नीतिहरूलाई हटाइनु पर्दछ । |
||||||
"तपाईंहरूले जातीय पहिचानको आधारमा देशलाई संघीयतामा लैजानु भयो भने देश गृहयुद्धमा फस्यो भने पनि हुन्छ । त्यस बेला तपाईंहरू कतिलाई शहीद बनाउँदै जानुहुन्छ ? " |
||||||
आज हामीलाई संघीयताले बडो चिन्तित तुल्याएको छ; त्यो पनि जातीय पहिचानको आधारमा । नेपाल एउटा भुपेरिवेष्ठित गरीब मुलुक हो जहाँ सवै जात र धर्मका नेपालीहरू मिलेर बसोवास गर्दै आइरहेका छन् । यहाँ एउटै जातिको बाहुल्यता भएको कुनै जिल्ला वा गाबिस छैन । हरेक ठाउँमा सवै जातजाति, भाषाभाषी मिलेर बसोवास गरिरहेका छन् । यस्तो मुलुकलाई तपाईहरूले संघीयतामा लैजाने सोच कसरी बनाउनु भयो त्यो पनि जातीय आधारमा ? म तपाईं ६०१ जना सभासद्लाई यो आग्रह गर्न चाहन्छु कि तपाईंहरू हाम्रो कर र रेमिटेन्सको भत्ताबाट पालिनु भएको छ भने हामी जनताको लागि काम गर्नु पर्दछ । दलीय, जातीय, क्षेत्रीय र धार्मिक विचारबाट माथि उठ्नुस् । नेपालको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु पर्दछ भन्ने दायित्व लिई अगाडि बढ्नुस् । तपाईहरूलाई दल र पार्टीले सिफारिश गरेको हो भन्ने मात्र नसोच्नुस् । त्यो त तपाईंको योग्यता देखेर हामीले हाम्रो मतबाट तपाईंहरूलाई संबिधान लेख्न र राष्ट्रियताको हितको लागि काम गर्न पठाएका हौं । म तपाईंहरूलाई राज्य सञ्चालनमा सधैं जातीय, धार्मिक, भाषिक र क्षेत्रीय नाराबाट टाढा रहन आग्रह गर्न चाहन्छु । तपाईंहरूले जातीय पहिचानको आधारमा देशलाई संघीयतामा लैजानु भयो भने देश गृहयुद्धमा फस्यो भने पनि हुन्छ । त्यस बेला तपाईंहरू कतिलाई शहीद बनाउँदै जानुहुन्छ ? त्यस बेला तपाईंहरूको हालत के होला ? देश बिफल राष्ट्र हुनमा तपाईंहरूले कसलाई गाली गर्नु हुनेछ ? हामीबीच जातीय, धार्मिक, भाषिक सद्भाव र माया छ । त्यसलाई सदैव जीवित राख्न आग्रह गर्दछु । ०४८ र ०५१ सालको चुनावमा कास्कीको क्षेत्र नं. दुइमा विभिन्न जातजातिको उम्मेदवार उठेको ठाउँमा म क्षेत्री भएर पनि दुइपटक गुरुङलाई भोट हालें । किन ? किनकि, हामीमा जातजातिबीच सद्भाव, माया, ममता छ र त्यो सद्भावलाई निरन्तरता दिन चाहन्छौं । नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुक भएकोले यो देशलाई एकात्मक राज्यको रूपमा राखी विकेन्द्रिकरणको नीति अबलम्बन गरेर ७५ जिल्ला र १४ अञ्चललाई एउटै सुत्रमा बाँधी सयौं फूलका थुंगा हामी एउटै नेपाली बनाइरहन आग्रह गर्दछौं । नेपाललाई कुनै संघीय मोडलको राज्य बनाउन सम्भव थियो भने त्यो २४० वर्ष अगाडि मात्र थियो । |
||||||
|
||||||
संघीय राज्यहरू जब बन्छन् जहा उपनिवेशबाट गुज्रिएका र स्वतन्त्र हुने मौकामा आ-आफ्नो देशको स्थिती अनुसार संघीयतामा जान सक्छन् । तर अहिले २१ औं सताब्दिमा आएर सिगों नेपाललाई टुक्रा टुक्रा पारेर देशको अर्थतन्त्रले धान्नै नसकिने गरी देशलाई चिरा पार्नुभन्दा सिंगो नेपाललाई समृद्ध र उन्नत ग्रेट नेपाल बनाई राख्न आग्रह गर्दछु । हामीले त्यो २४० वर्षो शासनको समीक्षा गर्दै के कारणले आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक रूपले विकसित गराउन सकिन्छ भनेर पत्ता लगाउनु जरुरी छ । त्यो एकात्मक राज्य सञ्चालनले गर्दा कि ती सवै अधिकार र कारोबार केन्द्रमा रहने भएकोले यो देश विकसित हुन नसकेको हो ? देश समृद्ध र उन्नत बनाउन अधिकार सम्पन्न क्षेत्र (जिल्ला/अञ्चल आदि) लाई विकेन्द्रिकरणको नीति लिएर देश सञ्चालन गर्न आग्रह गर्दछु । |
||||||
"एउटा शक्तिशाली राज्य टुक्रा टुक्रा भएर अहिले कंगालको भएको छ । हामीले अरूलाई गाली गर्नुभन्दा समयमा नै बुद्धी पु-याउनु पर्दछ ।" |
||||||
संघीयताले गर्दा अफि्रकी मुलुकहरू गृहयुद्धमा फँसेर तबाह भएर गएका छन् । नाइजेरियालाई तीन राज्यमा विभाजन गरी संघहरू बनाएर लगेपछि अहिले सबैको महत्वकांक्षा बढेर ३६ राज्य वनाउँदा पनि त्यहाँ गृहयुद्ध रोकिएको छैन । संघीय राज्यमा गएको कङ्गो, इथियोपियालाई हेरौं जातीय गृहयुद्धले गर्दा अझै संबिधान लेख्न सकिरहेको छैन । रुसको कुरा गरौं; भाषिक, धार्मिक र सामाजिक आधारमा संघीय बनाइएका थिए त्यहाँ । रुस संसारको बिशाल शक्तिशाली राज्य थियो । अहिले त्यो राज्य कजाकिस्थान, टुर्किस्थानदेखि जर्जिया, युक्रेन हुँदै सवै संघीय प्रान्तहरू स्वतन्त्र हुँदै गएर अहिले रुस भनेपछि मस्कोलाई मात्र चिन्न सकिन्छ । एउटा शक्तिशाली राज्य टुक्रा टुक्रा भएर अहिले कंगालको भएको छ । हामीले अरूलाई गाली गर्नुभन्दा समयमा नै बुद्धी पु-याउनु पर्दछ । नजिकैको भारतलाइ हेर्नुहोस्; सन् १९४७ अगस्त १५ मा बेलायतको उपनिवेशबाट मुक्त भएपछि त्यहाँका प्रान्तीय राज्यका स्वरूपहरू भाषिक आधारमा संघीयतामा लगे । तर अहिले आएर उनीहरू आन्तरिक कलहमा फसेको देख्नु भएको नै छ । कुनै एक व्यक्ति अर्को प्रान्तमा गएर स्वतन्त्र र निर्भिक रूपले बस्न र काम गर्न सक्ने स्थिति छैन । कैंयौं प्रान्तहरू जस्तै काश्मिरजस्ता राज्यले भारतबाट स्वतन्त्र रूपमा अलग्गिने लडाइ लडिरहेको छ । त्यो पाठ पनि हामीले सिक्नु आवश्यक छ । १९७१ डिसेम्वर २मा यूएइ बेलायतको उपनिवेशवाट मुक्त भएपछि त्यहाँ सात वटा राज्य थिए र अलग-अलग भौगोलिक नामबाट संञ्चालित थिए । संयुक्त संघर्षपछि बेलायतको औपनिवेशिकताबाट मुक्त भएपछि ती स-साना राज्यहरू मिलेर एउटा संघीय राज्य बनाए र त्यसमा पनि स्रोत साधनले सम्पन्न भएका राज्यहरू जमेर गइरहेका छन् । स्रोत साधनका अभाव भएका राज्यहरू गरीब हुँदै गएका छन् ।
यो पनि एउटा ज्वलन्त उदाहरण हो । कृपया नेपाल स्वतन्त्र सार्वभौम राज्यलाई कुनै किसिमको संघीय मोडेल आवश्यक छैन र क्षेत्रलाई अधिकार सम्पन्न बनाई विकेन्द्रिकरणको नीति लिएर अगाडि बढ्न आग्रह गर्दछु । |
||||||
| "तपाईंहरूले हाम्रो कलमलाई रोक्ने, अबहेलना गर्ने र उपेक्षित गर्ने प्रयास गर्नुभयो भने सीधै अत्यधिक युवाहरूले देश र राष्ट्रिय अखण्डताको रक्षाकालागि हतियारसमेत बोक्ने छौं र देशलाई बिखण्डनबाट बचाउने छौं । त्यति बेला कुनै पनि शक्तिले हामीलाई रोक्न सक्ने छैन ।" | ||||||
यदि जवर्जस्ती तपाईं ६०१ जनाले भोट ब्रि्रन्छ कि भनेर कहिँ कतैवाट त्रसित भई मुलुकलाई संघीयतामा धकेल्नु भयो भने ठूलो रक्तपात देशमा भित्रने छ र यसको जिम्मेवारी तपाईंहरूले नै लिनु पर्नेछ । अफ्रीकी मुलुक कङ्गोजस्तो बनाएर देशलाई असफल राष्ट्रको रूपमा घोषित नगराउनुस् । तपाईं ६०१ जनालाई जनताको करको भत्ताले पलपल पोल्नेछ । हामी मध्यपूर्वका अत्यधिक युवाहरूले क्रमशः पत्रमार्फत् आग्रह र जानकारी गराउँछौं । पछि तपाईंहरूले हाम्रो कलमलाई रोक्ने, अबहेलना गर्ने र उपेक्षित गर्ने प्रयास गर्नुभयो भने सीधै अत्यधिक युवाहरूले देश र राष्ट्रिय अखण्डताको रक्षाकालागि हतियारसमेत बोक्ने छौं र देशलाई बिखण्डनबाट बचाउने छौं । त्यति बेला कुनै पनि शक्तिले हामीलाई रोक्न सक्ने छैन । राष्ट्रिय जनमोर्चा नेपालजस्तो एउटा सानो राजनैतिक पार्टी दलीय स्वार्थलाई त्यागेर राष्ट्रलाई ठूलो दुर्घटनाबाट वचाउन जुन संघीयताको बिरुद्धमा सडकमा उत्रने हिम्मत गर्यो त्यसलाई हामी अत्यधिक युवाहरूले सहर्ष स्वागत गर्दछौं । तपाईहरूले आफूलाई सानो र एकल नसोच्नुस् । निरन्तर लागिरह्नुस् । यो चोरबाटोबाट कुनै दल विशेषको स्वार्थको लागि ल्याइएको मुद्दालाई हामी सवै मिलेर खारेज गर्नु पर्दछ । हामीबीचको सद्भावलाई माया ममताका साथ बचाएर सिंगो नेपालको नागरिक भएर रहन आग्रह गर्दछौं । अन्तमा हामी सवै नेपाली हौं र हामीबीच केवल दुइ जाति छन् । ती हुन् महिला र पुरुष ।
अन्तमा यहाँहरू सवै ६०१ जना सभासद् ज्यूहरूलाई हाम्रो सिंगो नेपाललाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राज्यको रूपमा बचाएर राख्न आग्रह गर्दै यहाँहरूको संबिधान लेखन अवधिभर सुखमय जीवन बितोस् । हामी नेपालीका प्रतिनिधि हुनुहुन्छ । भोलिको भविष्यलाई ख्याल राखी सम्पूर्ण कार्य समयमा नै सफल होस् र हामी सवै नेपाली एक हौं भन्ने भाव जागोस् भन्दै बिदा हुन चाहन्छु । हवस् त धन्यवाद । कृष्ण ढकाल, यूएइ krishna_dhakal2001@yahoo.com |
||||||
|
||||||
|
||||||