रुन्छौ हो कि निदरीमा भिजाएर सिरानी त्यो
बस्छौ हौ कि एकान्तमा सम्झी कतै अतित त्यो
एकै छिन दोवाटोमा मिठो भयो भेट हाम्रो
म त हिँडे आफ्नै बाटो, बाटो आफ्नै तिम्रो
विवस्ता नै रैछ जीवन तिम्रो मेरो यात्रा वेगल
तिमी आकाश म त धर्ती कहाँ होला मिलन
कोल्टे फेर्यो जिन्दगीले केही हाम्रो माया साँच्दै
लामो यात्रा अघि वाढ्यौं बाँच्दै छौ कि अतित भित्रै
सँगै मर्ने जिउने कसम एकै छिनको सोचाई भो
बिर्सी दिनै राम्रो हुन्छ अतितको कहानी त्यो
राज राइ "संगम"
बिगुटार,४ ओखलढुगा
हाल, शारजाह