Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
Your Article
 
     
 
नयाँ नेपाल
 
   

24-February-2009
enepalionline.com |Peom | नयाँ नेपाल

ऋषिशेष

 

राजा आज प्रजा सरह
प्रजा भइदिएछन् रैती रंक।
नयाँ नेपाल ल्यायौं भन्दै
हामी नेपाली भाछौ दंग ।

चन्द्र सूर्य विश्व शिखरमा
राष्ट्रियता एकता फहराउदै छ ।
नेपालीपन र नेपालीजनको
साहस पौरख लहराउदै छ ।

शहिदको वलिदान व्यर्थ नहुन
हामी नेपालीको होस एउटै बोली ।
राष्ट्रियता, एकता अखण्डता राख्न
बरु छाती थापि सहौ गोली ।

प्रजातन्त्र दिवस निरन्तर मनाउन
पहिला हामी नेपाल जोगाऔं ।
देश टुक्राउनेको चलखेल रोकी
वरु अनी नयाँ नेपाल वनाऔ । ।

५९औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा वाचन गरिएको

   
Server Update Time 24-February-2009 | 07:49 AM - GMT +4:00

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.