Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
Your Article
 
     
 
बेकाम जिन्दगी
 
   

20-June-2009
enepalionline.com |Peom |बेकाम जिन्दगी

केदार श्रेष्ठ

बुझ्नै सकेको छैन यो मनलाई मैले
मनले नै हाँक्दो रहेछ जीवन,
मन नै रहेछ जिन्दगीको चालक,
तर राम्रो चालक हुन सकेन किन ?

यसलाई
फुकाल्ने थिएँ
दाँत फुकालेझैँ
फुकाल्न मिल्ने भए
फ्याकिदिन्थेँ पर-पर धुरी कटाएर
कसैले नदेख्ने गरी यो थोत्रो मनलाई
खोटैखोट,खाटैखाटा,
बग्रेल्ती घाउहरु भएको कसैले देख्न सक्दैन
र त
सबै मलाई मान्छे भन्छन्
नत्र पशु भन्न लायक छुइन म
के गर्न सकेर मैले मान्छे हुने काम,

उधार्न मिल्ने भए
अर्धानो मन
उधारी दिन्थेँ सबै सिउनीहरु
फेरि
सिलाउने थिएँ टम्म मिलाएर
र लगाउन दिन्थेँ मेरी आमालाई
एउटा फूलबुट्टे गुन्यू,

पकाउने थिएँ
यो भोको मनलाई
पकाउन मिल्ने भए
र लगेर दिन्थेँ कर्णाली तिर
वैरागी मनलाई
अघाएर कोही खुसी त हुने थिए,

तोडिदिन्थेँ
चिरैचिरा परेको मनलाई
घनैघनले हिर्काएर,
बन्चरोको पासोले फुटाइदिन्थेँ
झर्यामझुरुम सिसाझैँ अझैँ
के काम विनासित्तिको
निकाल्ने थिएँ खल्यामखुर्लम

निकाल्न मिल्ने भए,
गालेर तन्काउने थिएँ
तनक्क डोरी बनाएर
अनि, त्यही डोरीले कोर्थे
लक्ष्मणरेखा मेरो देशको
र मान्छे बन्ने कोसिस गर्ने थिए ।

   
Server Update Time 20-June-2009 | 01:19 PM - GMT +5:45

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.