Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
Your Article
 
     
 
गणतन्त्र
 
   

05-June-2009
enepalionline.com |Peom |गणतन्त्र

 निमेष

 

स्वागत छ गणतन्त्र तिमीलाई
सूर्यको सुनौलो किरणको आगमन संगै
इतिहासका परिवर्तन गर्न आएका तिमी
असमानताको पर्दा च्यात्न उदाएका तिमी

जनताको भावको वलत्कारीहरुलाई
चिहान खन्न विउझिएको तिमी
हेरिरहे देखिरहे
विगत देखी वर्तमानसम्म
रातो सारीको धुम्टो ओडेर

कान्तिपूरमा विजयको उल्लाससंगै अभिएको थियौ
नारायणहिटीको प्रवेश मार्गमा तम्तयार थियौ
तराइका समथर फाँटमा
पहाडका हरिया डाँडामा

अनि सेता हिमालका चुचुराहरु
त्रि्रो आगमनले आल्हाहित भएका थिए
त्रि्रो स्वागतका खातिर
अविर र रातो झण्डा बोकेर

तर त्रि्रो आगमन संगै सोचेका थियौं
हुदाँखाने र हुनेखाने विच समानता हुनेछ
कान्तिपूर अनि गोग्राहकम बुद्ध हुने छ
सेतो सारीमा उभिएकी चमेलीको मुहारमा
खुशीको लहर
कलेरी परेका मुख लिएको विधुवाको आँखामा विजयका हषिर्त मुस्कान

   
Server Update Time 4-June-2009 | 01:19 PM - GMT +5:45

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.