काठमाडौँको कमलादीमा गोली चल्यो, दुई भारतीय सुटर पक्राउ

काठमाडौंको कमलादीमा फेरी गोली चलेको छ । महानगरीय प्रहरी वृत्त कमलपोखरीले गोली हानेर भाग्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुबै जना भारतियहरु रहेको खुल्न आएको छ ।पक्राउ पर्नेमा भारति नागरिकहरु जसविर

सिंह र हरदेवेन्द्र सिंह रहेका छन् । उनिहरु दुबै जना होटल हेरिटेज प्लाजामा बसिरहेको प्रहरी स्रोतले जानकारी दियो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले दुई जना भारतिय नागरीकहरु पक्राउ परेको जानकारी दिए । पक्राउ परेका भारतिय नागरीकसंग ५१ राउण्ड गोली र एक थान पेस्तोल समेत बरामद भएको छ ।

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *