कुहिएको लासको रस मिसाएर पानी पिलाउने काठमाडौ! (फोटो सहित)

इन्द्र आचार्य/सुजन थापा , काठमाडौ । पानीविना छैन, कुनै जीन्दगानी, न त पानीको कुनै विकल्प नै छ नत पानीविना प्राणी जगतको कल्पना नै गर्न सकिन्छ । तर जीन्दगानीसँग जोडिएको राजधानी काठमाडौ लगायत उपत्यकाका जिल्लामा वितरण गरिएका खानेपानीका मुहान हेर्नुभएको छ ? यदि हेर्नुभयो भने, पिउनमात्र हैन छुन नै आँट गर्न सक्नुहुन्न । त्यति घिनाईलो पानीको मुहानबाट कति प्रदुषित पानी राजधानीवासी पिउन बाध्य छन् । त्यहाँ पुगेर देख्दा प्रष्ट हुन्छ । पिउने पानीका लागि राजधानीवासीको एक मात्र विकल्प बन्दै आएको सुन्दरीजलको खानेपानी मुहान हेरेर फर्किनेले धाराबाट आएको पानी छुन नै घिनाउनुपर्ने छ । काठमाडौं उपत्यकामा सबैभन्दा बढी खानेपानी निर्यात गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेडको यो नै सबैभन्दा ठुलो पानीको स्रोत हो ।

असार १५ गते मुहान अवलोकन गर्न सुन्दरीजल पुग्दा, हरियाली घना जंगलकोबीचमा सुन्दरीजल खानेपानीको मुहान कालो अध्यारो कोठी जस्तै एक्लै हराइरहेको थियो । वि.सं २०२३ मा निर्माण गरिएको ११ फिट गहिरो मुहानको बाँध बाछट्टै दुर्गन्धमय बनेको थियो । जंगलले घेरेर जति गाढा अध्यारो थियो, त्यतिनै कडा दुर्गन्ध फैलिरहेको थियो । पानीको मुहानको डिलमा पुग्दा देखिएको दृष्यले म आफै आश्चार्यचकित भए । एकैछिन मनभित्र बजेडको आँधि चल्यो । एक युवतीको लासमा पुगेका मेरा आँखा क्षणभरका लागि र्तिमिराए । त्यही खानेपानीको मुहानको पानीमा तैरीएर रहेको करिब २६—२७ बर्षीय युवतीको लासको नाकबाट सलसली किरा निस्किरहेका थिए । पानी भन्दा माथी निस्किएको भागमा पुगै झिगाँले घेरेको थियो । त्यो दृष्य देख्दा सजिलै अनुमान लगाउन सकिन्थ्यो की लास कुहिएको नै हप्तादिन वितिसकेको छ ।

सुन्दरीजलस्थित काठमाडौको खानेपानी मुहानमा कुहिएको अवस्थामा रहेको युवतीको लास खानेपानी मुहानको संकलन बाँधबाट बाहिर निकालिएपछि -फोटो :- सुुजन थापा

सुन्दरीजलस्थित काठमाडौको खानेपानी मुहानमा कुहिएको अवस्थामा रहेको युवतीको लास खानेपानी मुहानको संकलन बाँधबाट बाहिर निकालिएपछि -फोटो :- सुुजन थापा

संयोग नै भन्नुपर्छ असुरक्षित खानेपानीका मुहान छायांकन गरेर टेलिभिजन कार्यक्रम प्रस्तुत गर्न त्यहाँ म लगायत नेपाल वान टेलिभिजनको सिंगो कार्यक्रम उत्पादन टोली त्यहाँ पुगेको थियो । सहकर्मी सञ्जय नापित, सुवास श्रेष्ठ र कुबेर ढंगोल नजिकबाट मुहानलाई नियालीरहेका थिए । सहकर्मी सुजन थापाको हातमा थियो निकोनको डी ७१ क्यामेरा, मेरो निर्देशनविना नै उनी फटाफट दृष्य र तस्वीर लिन अघि बढिहाले । उनी समाचारलाई बुझ्ने छाँयाकार हुन् । तस्वीर र दृष्यलाई समाचारका लागि न्याय पुग्ने गरि निक्कै मेहनतका साथ खिच्ने गर्दछन् । हामिले दृष्य र तस्वीर लिँदै गर्दा टोलीका केही सदस्यले स्थानीय र प्रहरीलाई त्यो दृष्यका बारेमा जानकारी दिइसकेका थियौ ।

कुहिएको लासका बारेमा जानकारी दिँदै नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक बासुदेव थापा -फोटो :- सुुजन थापा

केही घण्टा पछि नेपाल प्रहरीको टोली र शिवपुरी राष्ट्यि निकुञ्ज रक्षार्र्थ खटेको नेपाली सेनाको उद्धार टोली त्यहाँ आइपुग्यो । उनीहरुले जाल हानेर युवतीको लासलाई बाहिर निकाले, पछि महानगरिय प्रहरी प्रभाग वौद्धका प्रहरी नायव उपरिक्षक सहितको टोली र शिक्षण अस्पताल महाराजगञ्जको चिकित्सक टोली आएर मुचुल्का उठाउदै लास लिएर गयो । हामिले त्यो समयसम्म स्थानीयसँग राम्रै भलाकुसारी गरिसकेका थियौँ ।

उनीहरुको कुरा सुन्दा अझै आश्चार्यचकित बनायो ! किनकी, यहाँ मानिसको लास सडेको यो नै पहिलो घटना हैन रहेछ । स्थानीयको कुरा सुन्दा राजधानी काठमाडौमा जोडिएको भएपनि पानीको मुहानमा जति रुखहरुको ओझेल छ । समाचारका लागि सञ्चारकर्मीको पनि त्यति नै ओझेल परेको ठाँउ हो यो ।

यहाँ हरेक बर्ष ५ देखि ७ जना मानिसका लास डुबेर कुहिएको अवस्थामा निकालिदो रहेछन् ! २७ दिनसम्म यही संकलन बाँधमा मानिसको लास कुहिँदा समेत कोही देख्न आइनपुगेको स्थानीयको गुनासो छ !

स्थानीय दलबहादुर तामाङ्ग भन्छन्, “४० बर्ष अघिको कुरा हो जतिबेला म युवा थिए” । त्यतिबेला फोन गर्ने कुनै चलन नै थिएन । प्रहरीलाई भन्न धेरै हिँड्नु पर्थ्यो यहाँ “लास कुहिरहेको आँखाले देखेपनि मानिसहरु देखेको नदेखै गर्थे” । म पनि त्यस्तै गर्न बाध्य थिए । त्यसयता नजिकै घर भएकाले मेरा आँखा यतै परिरहन्थे । झण्डै बर्षको ५—७ वटा लास यसैगरी तैरिरहेका हुन्छन् दलबहादुर तामाङ्गले बताए ।

यसलाई प्रहरीलेपनि स्वीकार गर्दछ । प्रहरीको भनाई अनुसार यो सुन्दरीजल क्षेत्र अत्यन्तै रहस्यमय छ । अपत्यारिलो खोला छ यो । कुन बेला बाढी आउछ कसैलाई थाहा हुन्न । बर्षातको समयमा तल घाम लागिरहेपनि माथी पानी परिनैरहेको हुन्छ । पानीका लागि काकाकुल भएका काठमाडौबासीका लागि पानीमा खेल्न, रमाउनका लागि यो सबैको रोजाईको स्थान हो । शहरबाट अत्यन्तै नजिकपनि भएकाले दैनि हज्जारौ मानिस यहाँ पुग्छन् र यहाँ पौडी खेल्न पुगेकाहरुलाई त्यही बाढीले बगाइदिन्छ । दहपनि त्यस्तै रहस्यमय छन् । हेर्दा सानो देखिने तर ३०० फिट सम्म गहिरा गल्छि छन् । अनुमानकै भारमा पौडी खेल्न पुगेका कतिपय त्यही वेपत्ता भएका छन् । रमाइलो गर्न घुम्न पुगेकाहरु मोबाईलमा सेल्फी खिच्दा खिच्दै खोलामा खसेर वेपत्ता भएका छन् । कोही बाढीले बगाएर वेपत्ता भएका छन् । प्रहरीको आँकडा अनुसार बार्षिक एक दर्जन भन्दा बढी मानिस यही खोला र दहमा हराउने गर्दछन् । कोही त त्यही खानेपानीको दहमा आत्माहत्या गर्न डुव्ने गर्दछन् ।

त्यसैले असार १५ गते देखिएको कुहिसकेको लासको मृत्युको कारण खोज्न प्रहरी र शिक्षण अस्पतालको चिकित्सकको टोलीलाई खबर गरेरर जिम्मा लगाइसकेपछि हामिले खानेपानी प्रतिको लापरवाहीको विषय खोजी गर्न थाल्यौँ । किनकी यो हदैसम्मको लापरवाही हो । झण्डै ६० लाख भन्दा बढी मानिस बसोबास गर्ने राजधानी काठमाडौ लगायत उपत्यकाका जिल्लामा वितरण गरिने खानेपानीको मुहानमा हप्तौ–हप्तासम्म मानिसको लास डुविरहदा समेत हेर्ने कोही नहुन कति हदसम्मको लापररवाही हो । मानिसकै लास त २७ दिनसम्म कुहिरहेको हुन्छ भने यहाँ अरु के भइरहेको होला पिइरहेको पानी सोच्दा मात्र पनि होसहवास उढ्छ । मुहानको केही माथीसम्म पुग्दा खोलामा जतातै कण्डमका खोल, यत्रतत्र छरिएका कपडा, बग्रेल्ती छरिएका प्लाष्टिक, विभिन्न खाद्यन्नका टुक्राहरुले दुर्गन्धित बनाएको थियो ! लाग्थ्यो यो कुनै ढल भन्दा कमी छैन । तर त्यही मुहानबाट ल्याइएको पानी त्यो पनि लाखौको संख्यामा रहेका राजधानीवासीले पिइरहेका छन् !


यति धेरै मानिससँग जोडिएको सवालमा पानी वितरक निकायलेपनि एउटा हेरालु कर्मचारी समेत नियुक्त नगर्नु र हरेक बर्ष बारम्बार एउटै प्रकृतिका घटना भइरहदा नेपाल प्रहरीले समेत नियमित सुरक्षा गस्ति नदिईनु कति हदसम्मको लापरवाही हो ? यसको जवाफ कस्ले दिने ? हामि निरन्तर #फलोअपमा अब यसको जवाफ खोज्नछौ ।

लाखौ जनतालार्ई प्रदुषित खानेपानी पिउन बाध्य बनाएर गम्भिर प्रकृतिका रोगको भागिदार बनाउने पानी वितरक निकाय र दायीत्व विमुख हुने राज्यका सबै निकाय कार्वाहीको भागिदार बन्नुपर्छ । साथै द्रुत गतिमा सुधारका काम देखिनुपर्छ ।

– जनबोलीबाट

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *