चितवनबाट प्रचण्डले गरे तिन करोड नेपालीका लागि यस्तो खुसीको कुरा

चितवन, २८ मंसिर – चितवन क्षेत्र नं ३ बाट विजयी सांसद पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै दुई वटा रेल कुद्ने सपना पूरा हुने बताएका छन् ।

 

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विजयी र्यालीका क्रममा भरतपुर–९ स्थित वडा कार्यालयमा पुगेर चितवनवासीको रेल चढ्ने सपना विपनामा परिणत हुने बताए ।

उनले भने, ‘चितवन एउटा लुम्बिनीबाट र अर्को काठमाण्डुबाट आउने रेलको ट्रान्जिट प्वाइन्ट बन्छ । अब चितवनबाटै सरर दुईवटा रेल कुद्ननेछ ।’

नेता प्रचण्डले चुनावको बेला आफूले गरेका प्रतिबद्धताहरु पूरा गर्दैै जाने बताए । उनले थपे, ‘तपाईंहरुले ममाथि देखाउनु भएको विश्वास गुम्न दिन्न । अन्तिमसम्म प्रतिबद्धता पूरा गर्न युद्धस्तरमा होमिने छु । विजयीपश्चात् तीन दिन मतदाताहरुले गरेको स्वागत र मप्रति देखाएको उत्साहले मलाई झनै गम्भीर बनाएको छ, म यहाँको विकास, निर्माण र समस्या समाधानमा कटिबद्ध रहनेछु ।’

मंगलबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा घरदैलोमा अभियान थालेका प्रचण्डले विभिन्न स्थानमा भएका विजय र्याली र स्वागत कार्यक्रममा जनताको वाचा कसम पूरा गरेरै छाड्ने बताउँदै आएका छन् । – काठमाडौँटुडे

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *