डा. केसीको गिरफ्तारी : केही बेरमा सर्वोच्चमा उपस्थित गराइँदै

पुस २५ । न्यायालय राजनीतिक दलको भर्ती केन्द्र बनेको भन्दै अनसन बसेका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीलाई प्रहरी अनसन स्थलबाटै पक्राउ गरी सिंहदरबार वृत्तमा राखेको थियो ।

केसी अनसन बसे लगत्तै सर्वोच्चले डा. केसीलाई अदालत उपसिथत गराउन प्रहरीलाई आदेश दिएको थियो । त्यसै आदेशलाई पालना गर्दै प्रहरीले अहिले केही बेरमा सर्वोच्च अदालतमा उपस्थित गराउँदैछ । डा. केसी अदालतको अवहेलना ममुद्दामा पक्राउ परेका हुन् ।

नेपाल चिकित्सक संघले डा. गोविन्द केसीलाई रिहा गर्न माग राखेको छ । केसीको समर्थनमा पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ।

from: ehalkhabar.com

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *