त्रिशूली दुर्घटना अपडेटः बेपत्ता सचिव मृत भेटिए

२७ माघ, काठमाडौं । त्रिशूलीमा गाडी खसेर बेपत्ता सिँचाइ सचिव रामानन्द यादव मृत भेटिएका छन् । बेपत्ता अन्य २ जनाको अवस्था भने अझै अज्ञात छ ।शनिबार बिहान ३ बजेतिर सचिव यादव सवार बा २ झ ३१४० नम्बरको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो ।

घटनास्थलमा खटिएका नेपाल प्रहरीका सई पूर्णबहादुर लामाले सचिव यादवको शव भेटिएको पुष्टि गरे । उनका अनुसार, बेपत्ता दुईजना भेटिएका छैनन् । उनीहरूकाे अहिले खोजी कार्य भइरहेको छ ।

दुर्घटनामा चालक निराजन यादव घाइते भएका छन् । उनलाई यसअघि नै उद्धार गरेर ट्रमा सेन्टर काठमाडौं ल्याइएको छ ।दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र साथीको छोरी वेपत्ता भएकोमा सचिव यादवको शव फेला परेको हो ।

दुर्घटनामा परी बेपत्ता सचिव यादवका छोरा सन्तोष र उनको साथीको छोरीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।‘दुर्घटनामा बेपत्ता सचिव रामानन्द यादवको शव भेटिएको छ,’ सई लामाले अनलाइनखबरसँग भने, ‘हराएका २ जनाको अवस्था पत्ता लागेको छैन । अहिले हामी वेपत्ताको खोजीमा लागिरहेका छौं ।’

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *