दक्षिण कोरियाले छुट्यायो सन् २०१८ का लागि कामदार कोटा

दक्षिण कोरिया । दक्षिण कोरिया सरकारले दक्षिण तथा मध्य एसियाका सोह्र राष्ट्रका आप्रवासी कामदारका लागि विभिन्न क्षेत्रमा आप्रवासी कामदार कोट निर्धारण गरेको छ।

सन् २०१८ को कुल ५ हजार ६००० कोटालार्ई गत वर्षकै आधारमा नबढाई यहाँको सरकारको नीति कार्यान्वयन कार्यालय, न्याय मन्त्रालय, श्रम मन्त्रालयसहित बाह्र मन्त्रालय सम्मिलित समितिले आप्रवासी कामदारको संङख्या बाँडफाँड गरेको हो।

कोरियाको श्रम मन्त्रालयका अनुसार उत्पादनमुलक क्षेत्रमा ४२ हजा ३०० र कृर्षि क्षेत्रमा ६ हजा ६०० कामदारको कोटा निर्धारण गरिएको छ। जनवरी, अप्रिल, जुलाई तथा अक्टुबरसम्ममा उक्त कार्य क्षेत्रमा कामदारको आपूर्ति गरिने कोरियाली श्रम मन्त्रालयले जनाएको छ।

त्यस्तै कुल कोटाको साठ्ठी प्रतिशत भने जुन सम्ममा पुरा गरिने छ । जसमध्ये मत्स्यपालनमा यसबर्ष २६००, निर्माण क्षेत्रमा २४०० लगाएत सेवा क्षेत्रमा १०० कोटा निर्धारण गरेपनि नेपाली कामदारका हकमा भने मत्स्यपालन, निर्माण एंवम सेवा क्षेत्रमा सरकारले अनुमति नदिएका कारण यो क्षेत्रमा नेपालीहरुले स्थान पाउने छैनन्।

त्यस्तै कोरियाको चार बर्ष दश महिनाको भिषा अबधिमा एकपटक पनि रोजगारस्थल परिवर्र्तन नगरी स्वदेश फिर्ता भएका र रोजगारका लागि र्ईच्छुक आप्रवासी कामदारका हकमा गतवर्ष छुट्टै शिर्षकमा १३००० कोटा निर्धारण गरेपनि यसबर्ष भने कुलकोटाबाट नै कटौती गरिएको छ।
यस वर्ष पनि दक्षिण कोरियाका आप्रवासी कामदार कोटा सिमित भएको हुँदा सरकारले वैधानिक तरिकाले स्वदेश फिर्ती भएका आप्रवासी कामदारलाई पुनः कोरिया आउन दिएको अवसर न्यून छ। तर चीन तथा रुसबाट एच-२ भिषाबाट आउँन चाहने कामदारलाई भने अवसर प्रदान गर्ने भएको छ।

गतवर्ष बिभिन्न क्षेत्रमा कामदार अभाबका कारण पर्न गएको असुविधाको समिक्षा गर्दैै दक्षिण कोरिया सरकारले यस वर्ष बिभिन्न क्षेत्रमा आप्रवासी कामदारको संङख्या बाँडफाँड गरेको हो। कोरियाको आप्रवासी कामदार प्रवद्र्धन समितिले कृर्षि क्षेत्रमा काम गर्ने आप्रवासी कामदारले रहनसहन तथा कामकाजप्रति गरिने व्यवहारलाई सुधार गर्न पनि निर्देशन दिएको छ। त्यसो नगर्ने आप्रवासी कामदारलाई कामदार कोटाबाट अंकुश लगाउन समेत कामदार प्रवद्र्धन समितिल सरकारलाई अनुरोध गरेको छ ।

सन् २०१७ मा दक्षिण कोरियाको न्यायिक निकायले १३ हजार २२५ अवैैधानिक आप्रवासी कामदार पक्राउ गरेको थियो। सन् २०१८ मा आप्रवासी कामदार संङख्या निर्धारण गर्दा त्यसको पनि महत्वपूर्ण भूमिका देखिएको छ। त्यस्तै त्यहाँको सरकारले अवैधानिक आप्रवासी रोजगार उपलब्ध गराए बापत २ हजार ९४९ रोजगारदाताबाट २० मिलियन कोरियन वोन क्षतिपूर्ति लिएको थियो। यस कारण पनि कोरियाको श्रम बजारमा अब आप्रवासी कामदारको माग बढ्ने अनुमान गरिएको छ।

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *