देउवालाई ओलीको वाण : ‘गोल हान्ने बेलामा किपर कमजोर छ नियम फेरौँ भन्न पाइन्छ ?’

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय सभा गठनको विषयलाई लिएर प्रधानमन्त्री र कानुनविद्हरुलाई सच्चिन सुझाव दिएका छन् ।

उनले कानुनको आफुखुसी व्याख्या नगर्न समेत भनेका छन् । आइतबार राजधानीमा आयोजित पत्रकारसम्मेलनमा संवैधानिक व्यवस्थाको अपव्याख्या गेर सर्मिन्दा नबन्न भने । उनले राष्ट्रिय सभा गठन नगरी सरकार गठन हुँदैन भनि संविधानको व्याख्या गर्ने कानुनविदहरुले राम्ररी वेद नपढेको पनि भनेका छन् ।

राष्ट्रियसभा गठबनको विषय झिकेर सत्ता लम्ब्याउने खेलमा नलाग्ने भन्दै ओलीले जनमतको कदर गर्न भएपनि प्रधानमन्त्रीले लोभ त्याग्नु पर्ने बताए ।

कटाक्ष गर्दै उनले भने, ‘खेल सुरुभएपछि लेखको नियम परिवर्तन गर्न मिल्दैन । खेल सुरु भएर गोल हान्ने बेलामा गोल किपरले बल समाउन नसक्ने अवस्थामा बल हान्न नपाइने भन्ने नियम बनाउन पाइँदैन । खेलको बीचबीचमा नियम परिवर्तन हुँदैन ।’ पहिले नै खेलको नियम बनेपछि मात्रै खेल सुरु हुन्छ ।

नियम बनिसकेको छ, ओलीले भने, ‘संविधानमा सफाट लेखिएको छ । वाम गठबन्धनलाई अत्यधिक मत आएको कुरा पनि सफाट छ ।’ जानेबेलामा आफ्ना मान्छेहरुलाई भेरर जान पाए हुन्थ्यो भन्ने लोभ नराखिदिए हुने थियो, ओलीले भनेका छन् ।

सरकार वैधानिक भएपनि काम चलाउको पनि अति काम चलाउ भइसकेको ओलीको भनाई छ । निर्वाचन सकिएर परिणाम आइसकेपछि दूरगामी असर पर्ने कुनै निर्णय गर्न मिल्दैन, ओलीले भनेका छन् ।

ओलीले आफुलाई प्रधानमन्त्रीले राष्ट्रिय सभा सदस्य निर्वाचनको अध्यादेश रोक्न राष्ट्रपतिलाई उक्साएको आरोप लगाएको भन्दै प्रधानमन्त्री आफैले असंवैधानिक काम गरेर उक्साएको तर्क गरे । उनले भने, ‘राष्ट्रिय सभा निर्वाचनको ऐनको विषयमा जनमत प्राप्त दलसँग सल्लाह गर्नु पर्दैन थियो ।’

ओलीले राष्ट्रिय सभामा ३३ प्रतिशत भन्दा पनि महिलाको ३७ प्रतिशत प्रतिनिधित्व हुन आउने बताए । उनले भने, ‘राष्ट्रिय सभाले प्रतिनिधिसभालाई सहुलियत दिने हो । राष्ट्रिय ३७ प्रतिशत महिला हुँदा प्रतिनिधिसभालाई त्यसले केही मेकप गर्ने छ । जहाँ केही पुरुष राख्न मिल्छ भन्ने हो ।’

यस्तै, समानुपातिकको नतिजा रोकेर राख्न नहुने समेत उनले बताएका छन् । समातुपातिकको नजिता नआई प्रदेशसभा गठबन नहुने भएकाले समानुपातिकको नतिजा चाँडै आउनु पर्ने ओलीको भनाई छ ।

संचारकर्मीले वाम गठबन्धनको सरकार आएपछि पुँजी पलायन हुने अवस्था आउँछ रे नि त भनि राखेको जिज्ञासामा ओलीले ३ महिनामा तपाईहरुले रिजल्ट पाउनु हुनेछ भनेका छन् ।

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *