धुर्मुस-सुन्तली फाउन्डेसनलाई करिब ७० लाख अपुग भयकै बेला जन्मदिनको अवसर भन्दै एकै दम्पतिबाट ठुलो सहयोग ….

धनुषा, ललितपुरका एक जग्गा व्यवसायी दम्पतीले धुर्मुस-सुन्तली फाउन्डेसनलाई पाँच लाख रुपैयाँ नगद सहयोग गरेका छन् ।ललितपुर महालक्ष्मी नगरपालिका -४, इमाडोल बस्ने इन्द्रकुमार श्रेष्ठ र उहाँकी श्रीमती विष्णु श्रेष्ठले संयुक्त रुपमा पाँच लाख रुपैयाँ नगद फाउन्डेसनका अध्यक्ष एवं हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसलाई प्रदान गर्नुभएको छ ।

फाउन्डेसनले रौतहटको चन्द्रपुर ८ स्थित सन्तपुर एकीकृत नमुना वस्ती निर्माणको क्रममा ७० लाख रुपैयाँमा अपुग भएको समाचार सुनेपछि ५ लाख रुपैयाँ आफ्नो जन्मदिनको अवसर पारेर प्रदान गरेको इन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

धुर्मुस सुन्तलीले अहोरात्र खटेर दुखी पीडितको लागि बस्ती निर्माण गरेर महान कार्य गरिरहेको र त्यसमा रकम अपुग भएकाले ५ लाख सहयोग गरेको उहाँको भनाई छ ।श्रेष्ठ दम्पतीले सन्तपुर बस्तीमै पुगेर रकम हस्तान्तरण गर्नुभएको हो ।

Source: ujyaalo

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *