पत्रकार सम्मलेनबाट ओली र प्रचण्डले गरे तीन करोड जनता खुसी हुने कुरा

काठमाण्डु, २ पुस – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु दुवैलाई अध्यक्ष र प्रधानमन्त्रीको लोभ नभएको बताएका छन् । आइतबार काठमाण्डुमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरुले एउटै अभिव्यक्ति दिएका हुन् ।

‘पार्टी एक बनाउने भनेको मात्रै होइन, निकट भविष्यमा एकता गर्दैछौं नै’, ओलीले भने,‘मलाई अध्यक्ष चाहिने भए म छँदैछु । उहाँ (प्रचण्ड) लाई चाहिने भए उहाँ पनि अध्यक्ष नै हुनुुहन्छ । एकता नगरे हामी सग्लासग्लै अध्यक्ष नै छौं । हाम्रो ध्यान देशको समस्या समाधानको ध्यानमा छ ।’

ओलीले आफ्नो धारणा राखेपछि प्रचण्डले केही कुरा छुटेको भन्दै आफ्ना धारणा राखे ।

‘केपीजीले सबै कुरा बताइरहनुभएको छ, सबैमा मेरो सहमति छ । तर केही कुरा छुटेको छ मैले त्यो थप्न चाहन्छु’, प्रचण्डले भने, ‘अध्यक्ष त हामी छँदैछौं भनेर उहाँ (केपी ओली) ले भन्नुभयो । त्यो भन्दा बढी प्रधानमन्त्री पनि हामी भै नै सकेका छौं । हामीलाई त्यसको लोभ छैन । हामी सजिलै प्रधानमन्त्री छाडेका मान्छे पनि हौं ।’ Kathmandu today

 

 

 

 

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *