भर्खरै सकियो ओली-प्रचण्डसहितको बालकोट बैठक, यस्तो दिए निर्देशन…

पुस २६, काठमाडौं । आज एमाले अध्यक्ष केपी ओली स्वास्थ्य उपचारका लागि थाइल्याण्ड उड्नुअघि ओली निवास बालकोटमा एमाले र माओवादी केन्द्रका शीर्ष नेतासहित बसेको संयुक्त कार्यदलको बैठक सकिएको छ । बैठकमा ओली र प्रचण्डले कार्यदलले काम गर्ने कार्यविधि र कार्यदेशका बारेमा निर्देशन दिएका छन् ।

कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा रिपोर्ट पेश गर्नेछ । रिपोर्ट तयार पार्दा दुवै दलले प्राप्त गरेको जनमत, व्यक्तिको व्यक्तित्व र योगदान, पार्टी एकताको स्प्रीड र सन्तुलनलाई अधार बनाइने कार्यदलका सदस्य वर्षामान पुनले जानकारी दिए ।

कार्यदलले भोलिदेखि नै काम सुरु गरेर छिटो रिपोर्ट पेश गर्ने र रिपोर्टभन्दा पहिल्यै पार्टी एकता भएमा कार्यदलको रिपोर्टसहित बाँकी जिम्मेवारी स्वतः एकीकृत तहको शीर्ष कमिटिमा जाने बताइएको छ ।कार्यदलमा रामबहादुर थापा “बादल“, सुवास नेम्वाङ, वर्षामान पुन, शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे र मातृका यादव सदस्य रहेका छन् ।

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *