भारतले नयाँ भाउ पठाएपछि नेपालमा पेट्रोलियम पदार्थको भाउ बढायो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएका छन्। निगमले डिजलमा डेढ रुपैयाँ पेट्रोलमा दुई रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको छ ।

अब पेट्रोलको भाउ प्रतिलिटर १ सय रुपैयाँ, डिजेल र मटितेल लिटरको भाउ ७५ रुपैयाँ ५० पैसा पुगेको निगमले जनाएको छ । यस्तै ग्यासको भाउ प्रतिसिलिन्डर १३ सय २५ रुपैयाँबाट बढाएर १३ सय ५० पुर्‍याइएको नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए।

भारतीय आयल कर्पोरेशनले बुधबार नयाँ भाउ पठाएपछि नेपालमा पनि भाउ बढाइएको उनले जानकारी दिए । भाउ नबढाएको भए निगमलाई मासिक २२ करोड रुपैयाँ घाटा लाग्ने पनि प्रवक्ता गोइतले जानकारी दिए ।

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *