माओवादी केन्द्रमा फर्किने तयारीमा बाबुराम भट्टराई, ल्वाङ होमस्टेमा भट्टराईकाे थप खुलासा

काठमाडौँ । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले माओवादी केन्द्र र नयाँ शक्तिबीच पार्टी एकता हुन सक्ने सम्भावना औल्याएका छन् ।

हालै कास्कीको ल्वाङ होमस्टेमा सम्पन्न नयाँ शक्ति नेपालको प्रथम महाधिवेशन आयोजक समितिको बैठकमा संयोजक भट्टराईले माओवादी केन्द्रसँग सम्मानजनक एकताको लागि पहलकदमी सुरु भएको खुलासा गरेका छन् ।

पार्टीको आगामी रणनीति र कार्यदिशाबारे बिफ्रिङ गर्दै भट्टराईले वैकल्पिक शक्ति निर्माणका लागि कुनै न कुनै पुरानो पार्टीसँगको एकता अनिवार्य रहेको तथ्यलाई हालै सम्पन्न आम निर्वाचनले पुष्टि गरेको भनाई राखेको नयाँ शक्तिका एक आयोजक समिति सदस्यले बताए ।

‘नयाँ शक्ति पार्टीले राखेको वैकल्पिक राजनैतिक शक्ति निर्माणको बाटोमा अघि बढ्ने सपना पूरा गर्नका लागि कुनै न कुनै पुरानो शक्तिसँग तालमेल वा एकता अनिवार्य छ, त्यसका लागि उचित पहकदमी भइरहेको छ’ भट्टराईले उदृत गर्दै ती महाधिवेशन आयोजक समिति सदस्यले उज्यालो नेपालसँग भने ।

भट्टराईले हाल नेपालमा रहेका पुरानो राजनैतिक शक्तिमध्ये माओवादी केन्द्र नै नयाँ शक्तिका लागि नजिकको पार्टी रहेको समेत औल्याएका थिए । भट्टराईले हालै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पछिल्लो राजनैतिक अवस्थाका बारेमा समीक्षात्मक कुराकानी भएको समेत बैठकमा बिफ्रिङ गरेका थिए ।

तर, भट्टराईले एकता हुन सक्ने सम्भावना रहे पनि सम्मानजनक रुपमा मात्रै एकता हुने बताएका छन् ।

साभार:उज्यालोनेपाल

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *