यसै वर्ष रेल गुडाउने तयारिका साथ, जयनगर–जनकपुर–बर्दिवास रेलमार्गमा धमाधम स्लिपर्स बिछ्याइँदै

अबको एक वर्षभित्र नेपालमा ब्रोडगेज रेल गुड्ने भएको छ । जयनगर–जनकपुर–बर्दिवास रेलमार्गको जयनगर–कुर्ता (करिब ३५ किमी) खण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले यसै वर्ष रेल गुड्ने भएको हो । यतिखेर सो मार्गमा धमाधम स्लिपर्स बिछ्याइँदै छ ।

आठ वर्षअघि नै जयनगर–जनकपुर–बर्दिवास ब्रोडगेज रेलमार्ग निर्माण सम्झौता भएको थियो । तर, कामको गति सुस्त हुँदा समस्या भएको रेल विभागले जनाएको छ । संसद्को विकास समितिले जनकपुर–जयनगर रेल्वेको निर्माण सकेर एक वर्षभित्रै रेल चलाइसक्न निर्देशन दिएको थियो ।

रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाश उपाध्यायले जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्गको सबै काम सक्न सन् २०१८ को डिसेम्बरसम्म लाग्ने जनाएका छन् । जग्गा मुआब्जा विवाद मिलाउन समय लाग्दा काममा ढिलाइ भएको हो ।

सन् १९९४ सालदेखि सञ्चालनमा आएको जनकपुर–जयनगर–विजलपुरा रेल सेवा अहिले बन्द छ । तीन वर्षअघि भारतीय सीमावर्ती क्षेत्र जयनगरदेखि जनकपुरसम्म ब्रोडगेज रेलमार्ग निर्माणको काम सुरु गरिएको थियो । मिडिया एनपी बाट

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *