येस्ता पापी बाउ आफ्नै ११ बर्षिया छोरीलाइ अश्लिल भिडियो देखाएर बलात्कार गरे

इटहरीमा एक बाबुले भने आफ्नी ११ बर्षिय छोरीलाई पटक–पटक ब्लु फिल्म देखाउँदै बलत्कार गरेका छन् ।इटहरी ४ मा भाडामा बस्दै आएका ३५ बर्षिय पुर्ण लिम्बुले श्रीमती नभएको मौका पारेर आफ्नी छोरीलाइ ६ बर्षदेखि मोबाइलमा रहेको ब्लु फिल्म देखाउँदै यस्तो गर्नुपर्छ भन्दै यौन शोषण गर्दै आएका थिए ।

इलाका प्रहरी कार्यालयमा आमासँगै भेटिएकी बालिकाले यौन पिपाषु बाबु लिम्बुले आफुलार्इ ६ बर्षको उमेर देखिनै योनीमा आफ्ना हातका औला कोचारी दिने, स्तन खेलाउने र यस्तो नगरौं बाबा भन्दा कसैलाइ भनिस भने मारी दिन्छु भनेर धम्कि दिएको पनि बालिकाले खुलासा गरिन् ।

छोरीले खाना खान नमान्ने पटक–पटक पेट दुख्यो भन्ने र बान्ता समेत गरेपछि आमाले के भयो भनेर फकाएर सोध्दा आफुलाइ बाबुले बर्षौदेखि बलात्कार गर्दै आएको भनेर बताएको बालिकाकी आमाले बताइन् ।

बालिकाको यस्तो कुरा सुनेर छाँगाबाट खसेजस्तो भएकी आमाले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएकी थिइन । उनको उजुरीको आधारमा इलाका प्रहरी कार्यालयले पुर्ण लिम्बुलार्इ पक्राउ गरेको छ । इटहरी बजारको जय नेपाल होटलमा कार्यरत लिम्बुले दैनिक रक्सी खाएर आउने श्रीमतीले बताइन् ।

“दिनभरी काम गरेर थाकेर आउछ, खावोस खाएपनि भने तर यो पापीको सोँच त यस्तो पो रहेँछ, छोरीलाइ बलात्कार गर्ने” श्रीमतीले भनिन् । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार यौन पिपासु बाबुले आफुले छोरीको बलात्कार गरेको स्विकारेका छन् ।

छोरीको स्वास्थ्य परिक्षणको रिर्पोट आउनासाथ निजलाइ कानुनी कार्बाही अघि बढाइने पनि बताएका छन् । बालिकाको स्वास्थ्य परिक्षणको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको बताए । from: ejanatanews

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *