श्रीमानज्यू डा. केसीसँगै हामी सबैलाई मानहानी मुद्दा लगाउनुहोस् : गगन थापा।।।

काठमाडौं : कांग्रेस युवा नेता गगन थापाले डा. गोविन्द केसीसँगै सबैलाई मानहानीको मुद्दा लगाउन चेतावनी दिएका छन् । निर्वाचित सांसद समेत रहेका थापाले केसीलाई अदालतको मानहानी मुद्दा लाग्ने भए आफूहरु सबैलाई मुद्दा लगाउन प्रधानन्यायाधीसामु चुनौती दिएका हुन् ।

अदालतको मानहानी मुद्दामा सोमबार पक्राउ परेका केसीको समर्थनमा माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सम्बोधन गर्दै नेता थापाले यस्तो चुनौती दिएका हुन्। ‘जुन आरोप लगाएर केसीलाई पक्राउ गरियो। यहाँ उपस्थित सबैलाई सोही आरोपमा पक्राउ गरियोस्’, नेता थापाले भने ।

सम्मानित अदालतप्रति सम्मान रहे पनि न्यायाधीशको भ्रष्ट प्रवृत्तिका कारण न्यायालयमाथि सधैं प्रश्न उठ्ने गरेको समेत उनले बताए । ‘श्रीमान्, डा गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई मानहानी लगाइयोस्,’ नेता थापाले भने ।

from: ramrosamachar.com

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *