NCELL को नया अफर : अब रिचार्ज कार्ड बिना नै रिचार्ज गर्न मिल्ने..

–निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपालमै पहिलो पटक अनलाइन रिचार्ज सेवा सुरु गरेको छ ।

 

यो सेवा अन्तर्गत एनसेलका ग्राहकले भिसा, मास्टरकार्ड र युनियनपेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी जहाँ भएपनि प्रिपेड मोबाइल रिचार्ज तथा पोस्टपेड मोबाइलको बिल भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

अनलाइन रिचार्ज सेवा मंङगलबारबाट सुरु भएको छ । एनसेलका अनुसार, डिजिटल सेवा मार्फत ग्राहक अनुभवलाई थप अभिवृद्घि गर्ने उद्देश्य स्वरुप यो सेवा ल्याइएको हो ।

एनसेलका ग्राहकले एनसेलको वेवसाइट payment.ncell.axiata.comमा गई डेबिट/क्रेडिट कार्ड रिचार्ज छनोट गरी आवश्यक विवरणहरु (रिचार्ज गर्न लागेको मोवाइल नम्बर, रिचार्ज गर्ने रकम, कार्ड नम्बर र कार्डको पछाडि उल्लेखित तीन वटा सेक्युरिटी कोड) भरेर रिचार्ज सेवाको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ ।

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *