आजको राशिफल : बि.स.२०७४ पौष २५ गते । मंगलबार । ईश्वी सन् २०१८ जनवरी ०९ तारिख । नेपाल सम्बत् ११३८ ।

बि.स.२०७४ पौष २५ गते । मंगलबार । ईश्वी सन् २०१८ जनवरी ०९ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । माघ कृष्ण पक्ष । तिथि अष्टमी ३४ घडी ४० पला,बेलुका ८ बजेर ५० मिनेट उप्रान्त नवमी । नक्षत्र चित्रा,अहोरात्र । योग अतिगण्ड ०९ घडि ३५ पला,बिहान १० बजेर ४५ मिनेट उप्रान्त सुकर्मा । करण वालब,बिहान ०८ बजेर ५२ मिनेट उप्रान्त कौलव,रातको ८ बजेर ५० मिनेट उप्रान्त तैतिल । आनन्दादिमा ध्वांक्ष योग । चन्द्रराशि कन्या,बेलुका ७ बजेर ५ मिनेट उप्रान्त तुला । भौमाष्टमी व्रत। गोरखकाली पूजा।
काठमाडौंमा सूर्योदय ६ बजेर ५८ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर २४ मिनेट जादा । दिनमान २६ घडी ०६ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) वादबिवाद तथा प्रतिश्पर्धामा तिपाईकै जित हुनेछ भने मुद्दा मामिला तथा न्यायलयबाट हुने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ भने आय आर्जनमा स्रोतहरु बढ्नेछन् । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता हात लाग्नेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक हुनेछ भने अघि पछि तपाईको नराम्रा कुरा गर्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् ।

शुभ अंक — १,५ शुभ दिशा — पश्चिम

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) पढाई लेखाईमा फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । बौदिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुनेछ । व्यापार व्यावसायमा लगानि गर्ने वाताबरण बन्ने भएपनि सोचेजस्तो आम्दानि गर्न निकै समय खर्चनु पर्नेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । प्रेम प्रसङगमा एक अर्काबिच सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ ।

शुभ अंक — २,३ शुभ दिशा — दक्षिण

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) पढाई लेखाईमा नतिजा आफ्नो पक्षमा पार्नको लागि अरुदिन भन्दा बढि मेहनेत गर्नुपर्नेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि मात्रमा लाभ लिन सकिनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । ब्याबस्थापन ज्ञानको कमिले आर्थिका कारोबार बिग्रने सम्भावना रहेको छ । आत्मिय मित्र तथा आमा सँग छुट्टिएर लामो दुरिका यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — पश्चिम

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रेम प्रशङगमा रमाउने समय रहेको छ भने एक आपसमा भेटघाट गरि मिठा मिठा कुरा गरि दिन बिताउन सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथमा छोटो तथा रमाईलो यात्राको क्रममा नयाँ नयाँ दृष्यहरुलाई कैद गर्न सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । सार्वजनिक महत्वको बिषय उठान गर्दा दाजुभाई तथा छिमेकिसँग परामर्श लिएर अगाडि बढ्दा कामहरु समयमानै फत्ते हुनेछन् । समय तपाईकै पक्षमा रहने तथा आर्थिक ब्याबस्थापनका पाटाहरु मजभुत हुँने हुँनाले जविन शैलिमा उल्लेख्य सुधार आउँनेछ ।

शुभ अंक — १,५ शुभ दिशा — उत्तर

शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) असहज परिस्थितिको सामना गर्नुपरेपनि सार्थक नतिजा निकाल्न सकिने हुँनाले मन प्रशन्न हुनेछ । पारिवारिक माहोलमा जमघट भई नयाँ साथिहरु बनाउँन सकिने तथा स्वादिष्ट भोजन ग्रहण गर्न सकिनेछ । समाजमा आफन्त तथा आत्मिय मित्रका साथ सुमधुर सम्बन्ध स्थापना गर्न सकिनेछ । अध्ययनमा प्रशस्त समय दिन सकिने हुँनाले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ भने बुद्धिमता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने एक अर्काको सहयोगले जीवन स्तर उन्नति गर्न सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेरै थेरै काम गर्न सकिनेछ ।

शुभ अंक — २,६ शुभ दिशा — पश्चिम

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)राजनिति तथा समाजसेवामा जनताको प्रत्यक्ष सहभागिता सहितको गतिलो समर्थन प्राप्त हुनेछ । जोस जागर बढ्ने तथा कलात्मक तथा सिर्जनात्मक कार्यमा मन जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् । व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ । नयाँ नयाँ फेसेनेवल समानको प्रयोग गरि अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । निर्णय क्षमतामा बृद्धि हुनेछ भने तपाईको सहि निर्णयको प्रभावले समाजमा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ ।

शुभ अंक — ३,९ शुभ दिशा — उत्तर

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) तपाई आफ्नै कमजोरिले बिवाद बढ्ने तथा बिवादमा आफु तल परिनेछ । व्यापारमा लगानि गरेपनि भनेजस्तो आम्दानि गर्नको लागि केहि समय कुर्नुनै पर्नेछ । बिदेशमा बसेर व्यापार गर्ने तथा बिदेशमा रहेर काम गर्नेहरुका लागि दिन फलदायि रहनेछ । घरायसि सुख, प्रेम सम्बन्ध, दाम्पत्य जीवनमा केहि असहज परिस्थितिको सामना गर्नुपर्ने हुँन सक्छ । आफन्त तथा आत्मिय मित्रहरु सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपदा मन बिचलित हुनेछ । बिद्या तथा प्र्रतिष्पर्धामा प्रतिष्पर्धिभन्दा कमजोर साबित होईनेछ । मौषमि रोगको प्रकोप देखिने तथा खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउँन सक्छ ।

शुभ अंक — ५,७ शुभ दिशा — पुर्व

शुभ रंग — हरियो कार्य सद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) भौतिक सम्पति तथा भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । अध्यनमा प्रगति हुनेछ भने बिद्यार्थि वर्गका लागि आजको दिन फलदायि रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुनेछ भने आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउँन सकिनेछ । दाजुभाई तथा आफन्तले तपाईको शुरु गर्नु भएको काममा सहयोग तथा समर्थन गर्ने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउँने समय रहेकोछ ।

शुभ अंक — २,८ शुभ दिशा — उत्तर

शुभ रंग —रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिवादित बिषयहरु हल भएर जाने तथा सत्रुहरु आफै किनारा लाग्ने हुँनाले काम गर्न सहज हुनेछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यक्षेत्रमा तपाईको निर्णयको उच्च सम्मान गरिनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्ने तथा बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई पाखा लगाई नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — पुर्व

शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) धार्मिक अनुश्ठान तथा शैक्षिक यात्राको गतिलो सम्भावना रहेको छ । परम्परा धर्म सस्कृति तथा रितिरिवाज जोगाउन आवाज बुलन्द गर्ने कार्य हुनेछ । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा संम्यमता अपनाउनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । सबैको सुझाब तथा सल्लाहलाई अध्ययन गरि निर्णय आफै लिनुहोला । व्यापार व्यावसायमा लगानि गर्दै हुँनुहुन्छ भने साझको समय उत्तम रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको नाम अग्र स्थानमा आउँने हुँदा मन प्रशन्न रहनेछ ।
शुभ अंक — १,४ शुभ दिशा — दक्षिण

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) जीवन साथि तथा आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा घाटा लाग्नेछ भने साझेदारहरु बिच आर्थिक कुरालाई लिएर बिवाद बढ्न सक्छ ख्याल गर्नुहोला । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी समय मध्ययम रहेकोछ । समय र कामको तालमेल मिलाउन नसक्दा बिभिन्न अवसरहरु गुम्न सक्छन् ध्यान दिनहोला । अवसरबादीहरुको चंगुलमा परिनेछ भने रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लगीएका रकमहरु फिर्ता हुने छैनन् ।

शुभ अंक — २,५ शुभ दिशा — पुर्व

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ नयाँ साथिभाईहरु सँग भेटघाट गरि दिनलाई रङगिन बनाउन सकिनेछ भने माया प्रेम तथा पति पत्निबिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिपरित लिङग प्रतिको आकर्षण बढेर जाने तथा भौतिक सम्पति प्राप्तिको योग रहेको छ । रोकिएर बसेका तथा अधुरा कामहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि अगाडि बढ्ने समय रहेको छ । ब्याबसायिक यात्राको क्रममा नयाँ तथा सुन्दर दृष्यहरुको अवलोकन गर्न अवसर प्राप्त हुनेछ ।

शुभ अंक — ३,६ शुभ दिशा — दक्षिण

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।

Sharing is caring!

Leave a Reply

Your email address will not be published. Required fields are marked *